आहा! रारा गोल्डकप: नेपाल पुलिस क्लब उपाधि नजिक
पाेखरा | माघ ३०, २०८१
पोखरा: नेपाल पुलिस क्लब आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाईजलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लव उपाधि नजिक पुगेको हो।
चर्च ब्वाइज युनाइटेडलाई बुधवार १–० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको थियो।
सन्जिव लामाले गरेको दर्शनीय गोल पुलिसलाई जारी प्रतियोगिता तेस्रो जित निकाल्न पर्याप्त रह्यो। ५८ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट सन्जिवको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापाले ठम्याउन सकेनन् ।
पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ। पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो।
पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको विजेतसँग शनिवार फाइनल खेल्नेछ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

